असार २५ – पूर्वराजा ज्ञानेन्द्र भने जनताले चाहे राजतन्त्र फर्कने अभिव्यक्ति दिँदै हिडिरहेका अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराईले ज्ञानेन्द्रको सुविधा नै हटाईदिने चेतावनी दिएका छन् ।

राजतन्त्र पुनरस्थापना हुने कुनै सम्भावना नरहेको बताउदै भट्टराईले राजनीतिक दलबीच देखिएका विवादबाट फाइदा नउठाउन चेतावनी समेत दिए ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजाले पाठ नसिकेको भन्दै अलिकति पाएको सुविधाबाट पनि वन्चित गराईदिने उदघोष गरे ।

राजतन्त्रले कुनै पनि रुपमा टाउको उठाए पुन सबै एक हुने प्रधानमन्त्रीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।