असार २३ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले बढ्दो भारतीय हस्तक्षेपलाई निस्तेज पार्न राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिन जरुरी रहेको बताएका छन् ।
अहिले भारतले सीमा क्षेत्रमा तटबन्धन बाँधेर नेपालको सम्पूर्ण तराई क्षेत्र डुबानमा पार्ने षड्यन्त्र गरिरहेको उनको भनाई छ ।
डा. चन्द्रमान बज्राचार्यद्वारा लिखित ‘किन पिरोल्छ भारत नेपाललाई ?’ नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष वैद्यले अहिले भारतले सीमा क्षेत्रमा तटबन्धन बाँधेर नेपालको सम्पूर्ण तराई क्षेत्र डुबानमा पार्ने षड्यन्त्र गरिरहेको र सीमा अतिक्रमण बढिरहेको भन्दै यस्तो बेला राष्ट्रवादी शक्तिहरूको मोर्चाबन्दी हुन जरुरी रहेको बताए ।
वैद्यले अहिलेको अवस्थामा चुनाव र संविधानसभा पुनःस्थापना दुवैको सम्भावना नरहेको भन्दै नेपालको वर्तमान राजनीतिमा तेस्रो धारको आवश्यकता परेको बताए ।
|