असार २२ – भौतिक योजना निर्माण मन्त्री हृदयेश त्रिपाठीले कांग्रेस एमाले संघीयता विरोधी रहेकाले उनीहरुको नेतृत्व स्वीकार गर्न नसकिने बताएका छन् ।

कांग्रेस एमालेले सरकारको नेतृत्व गर्न उनीहरु सच्चिन आवश्यक रहेको उनको भनाई छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष समेत रहेका त्रिपाठीले संघीयता विरोधीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने बताए ।

राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा उनले लोकतान्त्रिक आन्दोलनको उद्देश्य नै संघीयतासहितको संविधान निर्माण रहेकाले त्यस आन्दोलनको मर्म र भावना विपरीत संघीयता विरोध चरित्र बोकेको नेतृत्वर्ला परिवर्तनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वीकार्न नसक्ने बताए ।

उनले संविधाननिर्माणमा सहमति अपरिहार्य रहेको भन्दै सरकार अझै पनि संविधान निर्माणका लागि राष्ट्रिय सहमति जुटाउन पहल गरिरहेका पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।