असार २१ – जापानको बसोबासका लागि स्थायी भिषा पाएका एक नेपालीले त्यहाँ ट्वाइलेटमा झुन्डिएर आत्महत्या गरेका छन् ।
रोजगारका लागि जापान बस्दै आएका बागलुङ, गल्कोटका ३८ वर्षीय ललित साहनीले बिहीबार बिहान ५ बजे शौचालयमा पासो लगाएर आत्मत्या गरेका हुन् ।
उनले आत्महत्या गर्न अगाडी भने आत्महत्या गर्न लागेको संकेत फेसबुकमार्फत गराएका थिए ।
उनले बिहीबार बिहानै यो मेरो अन्तिम तस्बीर हुनेछ भनेर फेसबुकमा पोस्ट गरेका थिए ।
उनी सन् २००० मा वैदेशिक रोजगारीका लागि जापान पुगेका थिए ।
|
|
Comments








