असार २० –आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गर्ने एक जना क्रुर बाबु प्रहरीको खोरको हावा खान पुगेका छन् ।
आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा मोरङ, उर्लाबारी–६ मङ्लबारेका ३७ वर्षीय नेत्र घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त घिसिङलाई आज बिहान उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घिसिङले विगत एक वर्षदेखि नाबालिका छोरीलाई पटक–पटक बलात्कार गर्दै आएका थिए । पीडित बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।
अभियुक्त घिसिङलाई जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
|