असार १९ – थाइल्यान्डमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ भने अन्य १७ यात्रु घाइते भएका छन् ।

थाइ नागरिक र विदेशी पर्यटकसमेत बोकेको सो बस बिजुलीको खम्बामा ठोक्किँएर दुर्घटना भएको बताइएको छ ।

उक्त बस दक्षिणी थाइल्यान्डको सुरथ थानी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो । सो बसका चालकको घटनास्थलमै मृत्यु भएको र घाइतेको उपचार जारी रहेपनि उनीहरुको अवस्था चिन्ता जनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो दुर्घटनामा मारिनेमा विदेशी पर्यटक पनि परेका बताइएको छ । तर ती कुन देशका हुन भन्नेबारेमा भने कुनै जानकारी नदिइएको थाई सञ्चारमाध्यमले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।