असार १८ – सल्यानमा आज एक महिलाद्वारा हँसियाले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

सल्यानको कोटमौला–४ की २८ वर्षीया डल्ली विकले श्रीमान् बलबहादुर विकलाई हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

सोमबार भएको घरायसी झगडाका कारण सुतिरहेका श्रीमान्लाई हँसिया प्रहार गरी हत्या गरेको प्रहरीको भनाई छ ।

श्रीमतीको हँसिया प्रहारबाट विकको घटनास्थलमै ज्यान गएको थियो । डल्ली विकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।