Nandan Kumar Datta |
असार १७ – नेपाली राजनीतिक दलहरुले फुटको संघार जारी राखेको अवस्थामा फेरि अर्को दल फुट्ने भएको छ ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका तत्कालिन अध्यक्ष जेपी गुप्ता भ्रष्टचार प्रकरणमा जेल परेपछि कार्यवाहेक अध्यक्ष बनेका सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवलाई केन्द्रिय समितिबाटै हटाई नन्दन कुमार दत्त पार्टीको अध्यक्ष बनेपछि पार्टीमा विवाद चुलिएर गएको हो ।
Raj Kishor Yadab |
दत्तले पत्रकार सम्मेलन गरी २२ जनाको कार्य समितिमा १४ जना आफ्नो पक्षमा रहेको दाबी गर्दै अध्यक्षबाट हटाएपछि अब सो पार्टी पनि फुट छेउ नजिकिएको हो ।
आजको पत्रकार सम्मेलनमा १२ जना भने उपस्थित थिए । दत्तले आजै प्रधानमन्त्रीलाई भेटी यादवलाई सञ्चार मन्त्रीबाट हटाउन अनुरोध गराउने पनि बताएका छन् ।
|
Comments