असार १६ –  प्रहरीले नवगठित नेकपा माओवादीका युवा नेता लेखनाथ न्यौपानको घर गोरखामा छापा मारेर उनको फोटो, नागरिकताको फोटोकपी र फोन नम्बर समेत जफत गरी लगेको छ ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका न्यौपानको घरमा प्रहरीले हिजो छापा मारेर न्यौपानेको आमासँग काठमाडौंमा बस्ने ठेगानाका साथै अन्य जानकारी पनि मागेको थियो ।

प्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखाएउटै जिल्लामा घर भएका न्यौपाने पार्टी विभाजन भएर  नयाँ माओवादीमा लागेपछि उनको घरमा छापा मारेको हो ।

यो छापा मार्ने कार्य प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै निर्देशनमा भएको बताइएको छ । प्रहरीले  किन र केको लागि छापा मारेको भन्नेबारे केही पनि खुलाएको छैन ।

न्यौपाने भने छापा मार्ने कार्यलाई कायर मानसिकता भएको टिप्पणी गरेका छन् । न्यौपानेले छापा मार्ने आँट भए आफू बसेको काठमाडौमा आएर छापा मार्न चुनौति समेत दिएका छन् ।

सरकारले हदको वदमासीको गरेको टिप्पणी गर्दै यस किसिमको नाङगो हस्तक्षेपको आफू मात्र नभएर सिङगो पार्टी पङ्क्तिले प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।