असार १५ – लभगभ कलाकार हरिवंश आचार्य र साहित्यकार कृष्णा धाराबासी १५ महिना अगाडी सँगसँगै जस्तो आफ्नो जीवनसाथीलाई गुमाउन विवश बनेका थिए ।

पत्नि वियोगको वर्षदिन त उनीहरु तड्पिदै नै भएपनि एक्लै बहकि नै रहे । तर त्यसपछि भने उनीहरु एक्लै बहकिन नसकैरै भनौँ । दुवै जना पुनः साथिको खोजिमा लागे र अहिले दोस्रो जीवनसाथीको सहारामा पनि पुगे ।

केही दिन अघि मात्रै हविवंशले बिहे गरेका थिए भने आज साहित्यकार कृष्णधाराबासीले बिहे गरेका हुन् ।

साहित्यकार कृष्ण धराबासीले आज धुम्बाराहीको रुवी पार्टी प्यालेसमा परम्परागत विधिअनुसार नै मञ्जु बिमलीसँग बिहे गरेका हुन् ।

३० जना जति लेखक उपस्थित समारोहमा विवाह सम्पन्न भएको छ तर बिहे समारोहमा धराबासी परिवारका कोही पनि उपस्थित नरहेको बताइएको छ ।

धाराबासीको पहिलो श्रीमती सीतातर्फबाट २ छोराहरु छन्।

यता, यसअघि इन्द्रराजसँग पारपाचुके गरिसकेकी मञ्जु लण्डनमा डेन्टल नर्स अभ्यास गर्थिन् । उनका पहिलो श्रीमान्‌बाट जन्मेका १२ वर्षे छोरा अपूर्व सिटौला छन्। साहित्यतर्फ सामान्य रुचि राख्ने मञ्जु र धराबासीको भेट पैरवी बुक्सका खगेन्द्र भट्टराईले गराइदिएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।