असार १५ – तनहुँमा आज बिहान पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ ।
जामुने–१ ट्याक्की डाँडाका साइबहादुर विकको घर पुरिँदा विककी २४ वर्षीया श्रीमती रुपा विक, आठ वर्षीया र ६ वर्षीया छोरी पूर्णिमा विक र देविया विक, बहिनी १५ वर्षीया सम्झना विक, छिमेकीहरू २० वर्षीया सुष्मा विक, दुई वर्षीया रेखा विक र १५ वर्षीया दुर्गा विकको मृत्यु छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव स्थानीय बासिन्दा र प्रहरीले निकालेका छन् । साइबहादुर भारतमा रोजगारी गर्दै आएका छन् ।
|
Comments