असार ११ – दोलखामा आज एकै परिवारका तीन जनाको शव फेला परेको छ । दोलखाको नाम्दु–२ स्थित गोपीखोलाको किनारमा गैरीमुदी-१, बस्ने ३५ वर्षीया बालकुमारी तमाङ, उनको ७ वर्षीय छोरा दावादोर्जे तमाङ र ३ वर्षीय निमा तमाङको शव फेला परेको हो ।
शव फेला परेपनि कसरी घटना घट्यो भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले उनीहरुको हत्या भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।
उनीहरुको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम पठाईसकिएको छ ।
|