असार ११ – नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जनजातिहरुको छुट्टै पार्टी बनाउने विषयमा आफूहरु छिट्टै निष्कर्ष निकाल्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति आन्दोलन र संविधानसभा विघटन विषयक एक कार्यक्रममा सहभागी हुन हङकङ पुगेका उनले जनजातिहरुको छुट्टै दल बनाउन देश विदेशबाट चर्को दबाब आएको समेत खुलासा गरेका छन् ।
विभिन्न विकल्पहरुमध्येबाट प्रभावकारिता अध्ययन गरी छिट्टै निष्कर्षमा पुग्ने उनको भनाई छ । सबै जनजाति एकजुट भए नयाँ बन्ने पार्टी राष्ट्रिय शक्तिको रुपमा उदाउने समेत उनले बताएका छन् ।
जनजातिहरूको छुट्टै पार्टी गठन गर्ने वा आ-आफ्नै विचारधारा अनुसार अहिलेकै पार्टीभित्रै रही हक अधिकारका लागि मोर्चाबन्दी गर्ने लगायतका मोडालिटीबारे हामीले छलफल चलाइरहेको उनको भनाई छ ।
|