असार ११ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विगतमा एमाओवादीले ठूलो परिमाणमा खाल्डो खनेर राखेको हतियार मोहन वैद्य समूहले प्रयोग गर्न सक्ने खतरा रहेको बताएका छन् ।

आइतबार आजधानीमा आयोजित एक कार्यक्रममा उनले परिबन्धले गर्दा मात्र ए नेकपा माओवादीले शिविरको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बाध्यता आएको भन्दै यस्तो शंका उत्पन्न गरेका हुन् ।


कार्यक्रममा उनले संविधानसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र एनेकपा (माओवादी) को निर्णयले मुलुकमा राजनीतिक र संवैधानिक सङ्कट नित्याएको भए पनि दलहरूबीचको सहमतिका आधारमा निकास निकालिने पनि बताएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।