काठमाडौं २७ साउन । नयाँ शक्ति नेपालमा क्रियाशील रहँदै आएका नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किएका छन् । उनीले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीबार दिउँसो अध्यक्ष निवास प्रचण्ड निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका थिए । 
छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए । 
छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।