असार ६ – यतिबेला नेपाली राजनीतिमा फुटको राजनीति नै चलेको छ । केही समय अगाडी फोरम विभाजित भएको थियो भने केही दिन अघि मात्रै पनि संविधानसभा रहदाको सबैभन्दा ठूलो दल एमाओवादी फुटेको छ ।
यसै क्रममा एमालेभित्रको असन्तुष्ट पक्ष पनि गोप्य छलफलमा जुटेको छ । जातीय पहिचानमा पार्टी नजाने भएपछि नेकपा एमालेका उपाध्यक्षसहितका असन्तुष्ट नेताहरू आजदेखि गोप्य छलफलमा जुटेका हुन्  ।

एमालेका उपाध्यक्ष अशोक राई, नेता पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू भावी रणनीतिकालागि धुलिखेलमा आजदेखि गोप्य बैठकमा जुटेका छन् । सो बैठकमा कसैलाई पनि प्रवेश नदिएको प्रहरीको भनाई छ ।

भावी रणनीति तय गर्न स्थानीय मिरावेल रिर्सोटमा सुरु भएको सो बैठकमा राष्ट्रिय कार्यकर्ता भेला र सङ्घीयताबारे आएको सुझावलाई छलफलको विषय बनाइएको बताइएको छ ।

एमालेका असन्तुष्ट आदिवासी, जनजाति, मधेसी नेताहरूले जातीय पहिचानसहितको सङ्घीयता माग गरे पनि एमालेले बहुपहिचानमा जोड दिएको छ ।

जातीय पहिचानमा पार्टी नजाने भएपछि आदिवासी तथा जनजाति र मधेसी नेता एमालेभित्र असन्तुष्ट हुँदै आएका थिए ।

भोलिसम्म जारी रहने सो बैठकमा आदिवासी जनजाति र मधेसीसहित २० नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।