बोक्सी
विद्या सिक्ने क्रममा रौतहटमा एक जना महिलाले आफ्नै भान्जाको बलि दिएकी
छिन् । राम्रोसँग माइजू भन्न पनि नजान्ने भान्जाको टाउको काटेर रौतहटकी
मायादेवी यादवलेहत्या
गरेकी हुन् ।

जेठ १० गते शनिबार राति रौतहटको समनपुर गाविसकी २५ वर्षीया
मायादेवी यादवले गाउँकै धामी छविलाल यादवसँग मिलेर तीन वर्षीय भान्जाको
हत्या गरेको उनले स्वीकार गरेकी छिन् ।
रौतहटको
समनपुरस्थित बागमत नदी किनारमा मङ्गलबार तीन वर्षीय बालक नितशकुमार यादवको
काटिएको टाउको र मङ्गलबार राति ती महिलाले पूजा गर्ने कोठामा बालकको शव
फेला परेपछि घटना सार्वजनिक भएको थियो । सर्लाहीको मानपुर गाविस ९ निवासी
गणेशराय यादवका छोरा नितेश आफ्नो मामाघर रौतहटमा आमासँगै एक महिनादेखि
बस्दै आएका थिए । आमा बजार गएको बेला हराएका नितेशको घर परिवारका अन्य
सदस्यले खोजी गरेपनि फेला नपरेको र मङ्गलबार मात्रै शरीर र टाउको
छुट्टाछुट्टै ठाउँमा फेला परेको थियो । धामी छविलाल यादवले मन्त्र लगाएर
आफूलाई भान्जाको घाँटी रेट्न लगाएको मायादेवीले बताएकी छिन् ।
दुवैजना
मिलेर बालकको गाउँ नजिकै रहेको ब्रम्हस्थानमा राति १२ बजेतिर घाँटी रेटेर
मारेको र शरीरलाई पूजा कोठामा गाडेको र टाउकोलाई नदीमा फालेको मायादेवीले
बताएकी छिन् । ती महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ भने
फरार रहेको धामी छविलालको खोजी भइरहेको छ । प्रहरीले महिलाको घरबाट धारिलो
घरेलु हतियार र अन्य केही समानसमेत बरामद गरेको थियो ।(यो सामग्री सत्यकथा पुस्तकबाट लिएको हो ।)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।