असार ५ – अन्तर्राष्ट्रिय बजारमा कहीँ कतै पनि पेट्रोलियम पदार्थको मूल्य नबढेको बेला नेपालमा भने रातारात बढाइएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थअन्तर्गत डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार–चारका दरले आजदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।
  
अब डिजेल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर रु ९३ पुगेको छ । अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजन गर्न ती पदार्थको मूल्यवृद्धि गरिएको निगमले बताएपनि अहिले त्यस्तो मूल्य वृद्धि चाँही भएको छैन ।

मूल्यवृद्धि गर्दा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर रु एक २० पैसा घाटा निगमलाई रहने निगम बताउँछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।