नेपाली पत्रकारिता जगत कसरी र कुन बाटोमा अघि बढिरहेको छ भनेर अहिले पपुलारिटीको आधारमा दोस्रो स्थानमा मानिएको नागरिक दैनिकको उदाहरण दिँदा फरक पर्दैन ।

नागरिक दैनिकका निवर्तमान सम्पादक नारायण वाग्ले र रिपब्लिकका प्रतिक प्रधानले केही समय अघि मात्रै राम्रै बिदावारी लिए सम्बन्धित संस्थाबाट । उनीहरुको विदाईको पछाडी निक्कै ठूलै प्रश्न र आशंकाहरुको बाजा बजेकै हो ।
कतिले अब नयाँ अर्को दैनिक निस्कदैछ त्यसका लागि हिडे वाग्लेहरु भने । कतिले नारायण वाग्ले सँधै माओवादीको एन्टी हुने भएको तर माओवादीको प्रचण्डपक्ष अहिले भारतीय दुतभन्दा विश्वासिलो रहेकाले भारतले चित्त दुखाएपछि वाग्लेहरुलाई बिदाई गरियो भनिए । यस्तै यस्तै निक्कै बाजा बजेको थियो जुन समयतामा । 
बजारमा जे को विज्ञापन होस या त जुन चिजले मार्केट लियोस त्यो छाडेर पनि सत्यताका नजिक आउने हो भने यस्तै यस्तै नै कुरा भेटिनेछन् ।
सम्बन्धित मिडियालाई अहिलेको स्तरसम्म ल्याउन दिलो ज्यान दिलाउने वाग्लेहरु त्यत्तिकै निस्कनुका पछाडी थुप्रै कारणहरु होलान् । तर सोही मिडियाका एक बरिष्ठ पत्रकारको कुरा मान्ने हो भने वाग्लेहरुले छाड्नुको पछाडी प्रमुख रुपमा माओवादीका अध्यक्ष प्रचण्डको हात रहेको बुझ्न सकिन्छ ।
माथि भनिएजस्तो नागरिकले माओवादी एन्टी भएर लेख्दा भारतले पनि चित्त भने दुखाएकै हो । किनकी प्रचण्डका कारण भारतले ठूलै फाइदो लुटिरहेकै छ । नानाथरि देशलाई चाहिदै नचाहिने अझ देशलाई घाटाको खाडलमा पुर्याउने जस्ता सम्झौता हुँदा प्रचण्ड चुप लाग्नु । भारतीय राजदूतलाई संविधानसभाको बैठकसम्म च्यापेर लैजानु । आफ्नै पार्टीका पदाधिकारी बैठकमा राजदुत जयन्तलाई सहभागी हुन दिनु । राष्ट्रिय सरकार निर्माण हुँदा जयन्तलाई नै हिरो बनाएर हरेक बैठकमा छिराउनु, उनकै निर्देशनमा कुरो मिल्नु । त्यसलाई साथ दिनु, कार्यान्वयन गर्नु । महावाणिज्यदूतका कर्मचारी मेहताको देश नै टुक्राउने तथा द्धन्द बढाउने अभिव्यक्तिका विरुद्ध चार दलले निकालेको संयुक्त प्रेस विज्ञप्ति प्रचण्डको सहयोगमा विजयकुमार गच्छदारले लुकाउनु आदि इत्यादी जस्ता बाहिरै देखिने कुरामा समेत प्रचण्डले भारतलाई साथ दिएपछि भारतले पनि उनलाई सानो तिनो सहयोग गर्नु धर्म सम्झेर होला संरक्षणको बाटो अगालेकै हो ।
तर यति नै कारणले वाग्ले र प्रतिकको जागिर भने गएको हैन । तर यी कुराहरुले सपोर्ट नगर्ने त ठाउँ छैन ।
कसरी गयो त जागिर :
 अहिलेका सम्पादक किशोर नेपाललाई प्रचण्डको नजिकको मान्छे मानिदो रहेछ । उनी यसअघि सोही मिडिया हाउसबाट साप्ताहिक रुपमा निस्कने शुक्रबारका सम्पादक थिए । पछिल्लो समय नागरिक दैनिकलाई लगभग ७० करोड ऋण भएको बजारमा सुनिन आएको कुरा हो । यसरी संस्थाले घाटाको बाटो ओगटेसँगै कर्मचारीलाई तलब दिन निक्कै गाह्रोको स्थितिमा संस्था पुग्यो ।
सोही क्रममा अहिलेका सम्पादक किशोर नेपालले प्रचण्डसँग कुरो मिलाउन थाले । अर्थात ७० करोड छिनोफानो गराउन प्रचण्ड रुजि भए ।

उनको कुरो सहमति नजिक पुगेपछि उनले ज्ञवालीलाई आफूले एक महिना बराबरको २५ करोड जति तलब त्यसै नै बाँड्ने लगायत प्रस्ताव अघि सारे । हुँदा–हुँदा एक दिन नागरिकका हेमराज ज्ञवाली । अहिलेका सम्पादक किशोर नेपाल । प्रचण्डसहितका २२ जना केन्द्रिय सदस्य एक रात एकै ठाउँ बिताउन पुगे । त्यो रातसँगै के के कुरो मिल्यो त्यो भने बाहिर आएको छैन या त प्रचण्डहरुले कति कति लगानी भित्र्याए त्यो खुल्न आएको छैन । तर त्यही रातदेखि अनौपचारिक रुपमा नेपाल सम्पादक ठहरिए अनि बिस्तारै वाग्लेहरुले बिदाईको बाटो सहजै स्वीकारे ।

अब एउटा सर्वहरा नेता भनिएका प्रचण्डले ७०–७० करोड ऋण छिनोफानो गराउने पैसो चाँही कहाँबाट जुटाए त्यो चाँही आफैँ बुझ्दै जानुहोला है ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।