असार ३  –  नेकपा एमालेले आफ्नो पार्टीबाट साधरण सदस्य समेत नरहने गरी आङकाजी शेर्पालाई हटाएपछि जनजातिहरु रुष्ट बनेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घले आफ्नो सङ्गठनका महासचिव आङकाजी शेर्पालाई नेकपा एमालेले पार्टीबाट हटाएकोमा असन्तुष्टी पोखे ।

महासङ्का अध्यक्ष राजकुमार लेखीले आज एक प्रेस विज्ञप्ति प्रकाशन गरी सङ्घीयता विरोधीले सङ्घीयताको पक्षमा रहेकाहरु तथा आदिवासी जनजातिलाई पाखा लगाउने अभियान चलाइने यस घटनाबाट प्रष्ट भएको आरोप समेत लगाएका छन् ।

हिजो एमालेले नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव समेत रहेका शेर्पालाई हटाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।