असार ३ – सप्तरीमा धामी झाँक्रीको भर परेर अस्पताल नै नगई घरमै धामी झाँक्रीद्वारा छारफुक गरी उपचार गराउँदा एक महिलाको ज्यान गएको छ ।

प्रसवनी–४ निवासी नन्दकिशोर गोइत यादवकी श्रीमती उर्मिलालाई सर्पले डसेपछि स्वास्थ्य संस्थामा पु¥याउनुको साटो धामीझाँक्रीमा विश्वास गर्दा राति ११ बजे मृत्यु भएको हो ।

धामीझाँक्रीलाई देखाउन थालेपछि ढिलो भई राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइपु¥याउनु अगावै बाटोमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आफ्नै घरआँगनमा बसेको बेला साँझ ७ बजे सर्पले टोकेको कुरा महिलाले घरपरिवारलाई बताएपछि उनलाई गाउँमै झारफुक गर्न थालिएको थियो ।

हाम्रो समाजका विभिन्न किसिमका रोगहरु लाग्दा समेत चेतनाका कारण अस्पताल नजाँदा थुप्रै मानिसको मृत्यु हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।