विद्युत चुहावटमा संलग्न ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


विद्युत् चुहावट नियन्त्रण अभियान अन्तर्गत विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले आज चितवनका विभिन्न क्षेत्रमा छड्के जाँच गरी ३२ जनालाई नियन्त्रणमा लिएको हो ।

शिवनगर गाविसबाट ३० जना,  फुलबारीबाट एक जना र भरतपुर नगरपालिका–१० बाट एक जनालाई समातिएको  केन्द्रले जनाएको छ ।

त्यसमध्ये १४ जना महिला र १८ जना पुरुष रहेका छन् । जाँचका क्रममा एक थान पानी तान्ने मोटर र एक थान टिभी पनि बरामद गरिएको छ ।

जाँचका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी र प्राधिकरण प्रतिनिधिहरु सहभागी थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।