असार १ – ८ दिने भ्रमणमा दलाई लामा बेलायत पुगेसँगै उनको भव्य स्वागत गरेपछि चीन पुनः एक पटक बेलायतसँग रुष्ट बनेको छ ।
चीनको असन्तुष्टीको वेवास्ता गर्दै बेलायतले दलाई लामाको भ्रमणलाई प्राथमिकता दिएपछि चीन र बेलायतबीच चिसो बढेको हो ।
तिब्बतलाई स्वतन्त्रताको माग गर्दै आन्दोलनरत लामा गत महिना बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनलाई भेटेपछि बेलायतसँग रुष्ट बनेको चीनले बेलायतसंगको उच्चस्तरीय वार्ता नै बहिष्कार गर्दै आएको छ ।
अबको लामाको भ्रमणले यी दुई देशबीच चिसो उचाईमा पुग्ने निश्चित छ ।
बेलायतमा रहंदा दलाई लामाले त्यहाँस्थित लिड्स् विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दलाई लामाले प्रधानमन्त्री डेबिड क्याम्रुन लगायत बेलायी उच्च अधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम छ ।
Comments