असार १ – केही समयअघि पत्रकारहरुको अगाडी नै आफ्नो विरुद्धमा आए पत्रकारहरुलाई नै बाँकी नराख्ने धम्की दिएका आङकाजी शेर्पाले आज प्रचण्डलाई थर्काएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका महासचिव शेर्पाले संविधान नआउँनुको जवाफ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिनुपर्ने भन्दै उनकै अगाडी औँला ठर्याएका हुन् ।
आज एकीकृत माओवादीले खुल्ला मञ्चमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मञ्चमा बसेका दाहाल र भट्टराई लक्षित गर्दै शेर्पाले संविधान आउन नसक्नुको जवाफ मागे ।
शेर्पाले नेपाली कांग्रेस र नेकपा एमालेको समेत चर्को आलोचना गरेका छन् । शेर्पाले भने- ‘कांग्रेस र एमाले संघीयता विरोधी हुन ।’
उनले एकल जातीय पहिचानको वकालत नगर्ने जनजाति नेताहरुलाई ठीक पार्ने चेतावनी पनि दिए।
कार्यक्रममा उनले माओवादी फुटमा लागेकाले पनि सङ्घीयता सङ्कटमा परेको भन्दै माओवादी फुट्न लागेकामा चिन्ता व्यक्त गरे ।








![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)