असार १ –  सायद तपाईले बाबु छोराबीच झगडा हुँदा बन्दुक नै हानेको घटना त विरलै मात्र सुन्नु भएको होला ।

तर गएराति बाबु छोरा बीचको विवादपछि रिसको झोकमा बाबुले आफ्नै छोरालाई गोलि पड्काए छन् । तर त्यो गोलिले छोरालाई भने लागेन, लाग्यो  बुहारीलाई । अनि गोलि लागेकी बुहारी घाइते भएकी छिन ।

बिहीबार राति १२ बजेतिर सदरमुकामसँगै जोडिएको देहिमाण्डौं-९ थलालगाउका ६७ वर्षीय प्रेमसिंह थलालले छोरा करनलाई हान्न खोजेको गोली लागि ३२ वर्षीया बुहारी तारा थलाल घाइते भएकी हुन् ।

बाबु छोराको झगडा छुट्याउन गएकी बुहारी ताराको बायाँ हातमा गोली लागेको हो । उनको जिल्ला अस्पतालमा हुन नसकेपछि नेपालगञ्ज शिक्षण अस्पताल रिफर गरेको अस्पतालले जनाएको छ ।

घटनामा संलग्न प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले भने अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।