सयौं गीतका सिर्जनाकार तथा थुप्रै गायक गायिकालाई नेपाली सांगीतिक आकाशमा परिचित गराउन सफल संगीतकार बिजु बज्र गम्भिर बिरामी परेका छन् । उनलाई पायोनिज भनिने फोक्सोको रोग र आरए फ्याक्टर नामक रोग लागेको बताइएको छ ।
एकै पटक दुई थरी रोग लागेपछि अहिले उनी जीवन र मरणको दोसाँधमा बाँचिरहेका छन् ।
सँधै गीत संगीतको दुनियामा रमाएका उनी अहिले भने आफ्नो सिर्जनाबाट टाढा रहेर आफ्नो उपचार कसरी गराउने भन्नेमा पिरोलिइरहेका छन् ।
४१ वर्षीय बिजु आफूलाई यति चाँडै यस्तो गम्भिर किसिमको रोग लाग्नुमा आफैंलाई दोषी बताउँदछन् । उनले आफ्नो जस्तो नियती अरुले भोग्नु नपरोस् भन्दै सबै जनालाई धुम्रपानबाट टाढा रहन पनि सुझाव दिएका छन् ।
Comments