माओवादीको वैद्य पक्षले पूर्व विशिष्ट व्यक्तिहरुको सुविधा फिर्ता नलिए कडा आन्दोलन थाल्ने भएको छ ।

वैद्य पक्षीय १४ भातृ संगठनले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेर सरकारले विशिष्ट व्यक्तिहरुको सुविधासम्बन्धि निर्णय फिर्ता नलिए कडा रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

वैद्य पक्षले महंगी, अभाव जस्ता समस्याले जनताको ढाड सेक्दा समेत पूर्वप्रधानमन्त्री, पूर्व न्यायाधिस, पूर्व सभामुख र पूर्व गृहमन्त्रीहरुलाई घर हुँदा समेत घरभाडा, गाडी हुँदा समेत गाडीको सुविधा लगायत विभिन्न खर्च समेत आजीवनसम्मका लागि दिई अध्यायादेशमार्फत गरिएको निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।