जेठ २९ – चीनको खासामा बेचिएका दुई नेपाली चेली भागेर जंगल हुँदै नेपाल आईपुग्न सफल भएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा बेचिएका काडमाडौ तिलगंगाकी वर्ष १७ की सलिना श्रेष्ठ र सर्लाही घर भई काठमाडौमा बस्दै आएकी वर्ष १७ की सुस्मिता मगर खासाबाट भागेर आएका हुन् ।

चार महिना खासाको वेश्यालयमा बन्धक बनाएर राखेपछि त्यहाँबाट भागेका उनीहरु जंगलको बाटो पैदलै नेपालतर्फ आएकोमा नेपाल–तिब्बत सीमास्थित जंगलको ओडारबाट उनीहरुलाई माइती नेपालले उद्धार गरेको हो ।

उनीहरुलाई चार महिना अघि आफ्नै साथीका श्रीमान असीम तामाङले खासामा पुर्याएर बेचेको  उनीहरुले उल्लेख गरेका छन् ।

करिष्मा तामाङ भन्ने आफ्नै साथीले खासा घुम्न जाउँ भनी लगेको र उसैको श्रीमान असीम तामाङले खासा बोर्डरमा नक्कली नेपाली नागरिकता बनाई खासा पुर्याएर बेचेको उनीहरुको भनाई छ ।

माइती नेपालले पनि पछिल्लो समय खासामा नेपाली चेलीहरु बेचिने क्रम बढेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।