जेठ २९ – बाबुराम सरकारलाई ढलाएरै छाड्ने उदघोष गरेका विपक्षी दलहरुले अध्यादेशबाट जारी गर्न लागिएको बजेट रोक्न राष्ट्रपति कार्यालयको ढोका ढकढकाउने भएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले लगायत विभिन्न दलको आजको संयुक्त बैठकले वर्तमान सरकारले राष्ट्रपतिसमक्ष विभिन्न तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरेकामा आपत्ति जनाउँदै ती अध्यादेश जारी नगर्न भोलि राष्ट्रपतिसमक्ष ज्ञापनपत्र दिने भएका हुन् ।

नेपाली काँग्रेसको कार्यालय सानेपामा बसेको बैठकमा वर्तमान सरकार कामचलाउ भइसकेको सन्दर्भमा राष्ट्रिय सहमतिविना कुनै पनि अध्यादेशको सिफारिस गर्न नहुनेमा जोड दिइएको हो ।

उनीहरुले यो सरकारले अध्यादेशको सिफारिस गर्नु असंवैधानिक र आपत्तिजनक भएको बताएका छन् ।

यस्तै बैठकले देशमा राष्ट्रिय सहमति जुटाउन लाग्नुपर्ने बेलामा प्रधानमन्त्री अर्को साता विदेश भ्रमण जान लागेकामा पनि बैठकले आपत्ति जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।