जेठ २९ । नेपाली काँग्रेस र नेकपा एमाले कुनै पनि हालतमा अध्यादेशबाट सरकारलाई बजेट ल्याउन नदिने भएका छन ।
दुई दलको आज संयुक्त बसेको बैठकले सरकारले अध्यादेशमार्फत विभिन्न काम गर्न लागेको भन्दै सहमति बिना अध्यादेश जारी गर्न नगर्न चेतावनी दिएका छन् ।
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको निवास, चाक्सीबारीमा आज बसेको बैठकले अन्तरिम संविधान र त्यसको मर्मविपरीत अध्यादेश जारी गर्ने तयारी गर्नु अवैधानिक भएको ठहर गर्दै यस्तो कामलाई मान्यता नदिन राष्ट्रपति डा रामवरण यादवलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
Comments







