जेठ २९ –  बर्दियामा आफ्नै जीवनसंगीलाई धारिलो हतियार हान्ने पति पक्राउ परेका छन् ।

 धधवार गाविस वनगाई–६ मा पत्नीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४१ वर्षीय हरि उपाध्याय प्रहरी खोरमा पुगेका हुन् ।
आरोपित हरिले २१ वर्षीया पत्नी सुमित्रालाई आइतबार दिउँसो घरमै सुतिरहेको अवस्थामा मादकपदार्थ सेवन गरेर धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

पक्राउ परेका उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी प्रक्रिंया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।