जेठ २९ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालस्थित विभिन्न देशका राजदूतबीच आज भेटवार्ता भएको छ ।  सो क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएको छ ।

नेपालस्थित २७ मुलुकका राजदूत तथा मिसन प्रमुखहरुसँगको भेटमा  प्रधानमन्त्री डा भट्टराईले सरकारले गरेको निर्वाचन घोषणा, राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास तथा नेपालको आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
भेटमा भट्टराईले संबिधानसभा बिघटनपछि मुलुक चुनौतीपूर्ण अबस्थामा प्रवेश गरेको भन्दै यो चुनौती पार गर्न पहिले झैं अन्तराष्ट्रिय समुदायको साथ र सहयोग चाहिने पनि बताएका थिए ।
राजदूतहरुसँगको भेटमा  प्रधानमन्त्री डा भट्टराईले सरकारले गरेको निर्वाचन घोषणा, राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटाउन भइरहेका प्रयास तथा नेपालको आर्थिक अवस्थाका बारेमा जानकारी समेत गराएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।