तपाईले अहिलेसम्म कति जनासँग यौनसम्पर्क राख्नु भएको छ नि । अनि जीवनभर कति जनासँग राख्ने इच्छा छ । जे होस, अरु बेला जे जस्तो भएपनि बिहे गरेपछि भने एउटैसँग मात्रै राख्नुहोला हाम्रो सुझाव छ ।
अनि अन्यत्र राखि जानु भयो भने सुरक्षित रुपमा मात्रै गर्नुहोला नत्र एड्स लागेर जिन्दगी नै जाला नि खेर ।

कुरो किन आयो भने भारतीय महिला तथा पुरुषले जीवनकालभरि औसतमा ६ जनासँग यौनसम्पर्क राख्छन् रे ।

राष्ट्रिय कन्डम दिवसका अवसरमा भारतमा हालै गरिएको एक सर्वेक्षणले यस्तो पो पत्ता लगाएछ ।

सर्वेक्षणमा चारमध्ये एक भारतीय पुरुषले आफ्नो अफेयरको कुरा स्विकारेको उल्लेख छ ।

डेली स्टारको रिपोर्टअनुसार १२ प्रतिशत भारतीय पुरुषले मात्रै बेडरुममा (श्रीमतीसँग) पूर्ण सन्तुष्ट भएको बताएका थिए । सर्वेक्षणले भारतको तुलनामा अस्ट्रेलियन पुरुष निकै कामुक भएको देखाएको छ ।
जसअनुसार अस्ट्रेलियन पुरुषले जीवनकालभरि औसतमा २४ महिलासँग यौन सम्पर्क राख्ने गरेका छन् । त्यस्तै अस्टे्रलियन महिलाले भने औसतमा ११ पुरुषसँग यौनसम्बन्ध राख्ने गरेको पाइएको छ । चिनियाँ पुरुष र महिला भने भारतीयको दाँजोमा कम कामुक रहेको पनि पत्ता लाग्यो रे है ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।