जेठ २९ – माओवादी भित्र मजदुर संगठनमा विवाद उत्पन्नपछि समस्या समाधानका लागि तत्कालि अध्यक्ष सालिकराम जमरकट्टेलाई हटाइए पनि पुनः उनैलाई अध्यक्ष बनाइएको छ ।
स्रोतका अनुसार असार १ गते गर्न लागिएको विशाल जनसभामा मजदुरहरुको उल्लेख्य संख्या ल्याउने सर्तमा उनैलाई पुनः अध्यक्ष बनाइएको हो ।

यता, माओवादीले आइतबार पत्रकार सम्मेलन गरेर मजदुर आन्दोलनलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि पुनः जमरकट्टेललाई नै जिम्मेवारी दिइने निर्णय गरेको बताएको छ । 

महासङ्घभित्र विवाद देखिएपछि एमाओवादीले एक वर्ष अगाडि पार्टी सचिव पोष्टबहादुर बोगटीलाई पाचौँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो ।

पार्टीका अन्य काममा सचिव बोगटी संलग्न हुनुपर्ने भएकाले पुनः जमरकट्टेललाई नै जिम्मेवारी दिएर महासङ्घलाई अगाडि बढाउने भन्ने पार्टी पदाधिकारीको गत साता बसेको बैठकको निर्णयअनुसार नै सो निर्णय गरिएको बताइएको छ ।

   Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।