एजेन्सी – सिंगापुरको इन्दोर स्डेडियममा भएको १३ औं आइफा अवार्डमा रणवीर कपुर र विद्या बालन यस वर्षको सर्वोकृष्ट हिरो–हिरोइन बन्न सफल भएका छन् ।

अवार्डमा फिल्म ‘रकस्टार’बाट रणवीर र ‘द डर्टी पिक्चर’का लागि विद्याले अवार्ड हात पारेका हुन् । रणवीरले अमिताभ बच्चन, सलमान खान, शाहरुख खान र ऋतिकरोशनस्ता स्टारलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएका हुन् । त्यस्तै विद्याले करिना कपुर, प्रियंका चोपडा, कंगना रनावतजस्ता हिरोइनलाई पछाडि पारेकी छन् । ‘रकस्टार’ का लागि सर्वोकृष्ट संगीतमा एआर रहमान, सर्वोकृष्ट गायकमा मोहित चौहान र सर्वोकृष्ट गीतमा इरसाद कामिलले अवार्ड जितेका छन् ।

बहु प्रतिभाशाली अभिनेता फराहन अख्तरद्वारा अभिनित फिल्म ‘जिन्दगी ना मिलेगा दोबारा’ले पनि सर्वाधिक अवार्ड जित्‍न सफल भएको छ । फराहन अख्तरलाई सपोर्टिङ रोलका लागि अवार्ड हात पारेका छन्। सर्वोकृष्ट फिल्म र निर्देशकको अवार्ड जोया अख्तर तथा सर्वोत्कृष्ट कथाको लागि रीमा कट्गीले अवार्ड जितेका छन् । बैभन्दा ‘हटेस्ट’ बलिउड जोडीका रुपमा ‘रकस्टार’ जोडी रणवीर कपुर नगरिस फकारीले अवार्ड हात परे । त्यस्तै सपोर्टिङ रोल र डेब्यु फिमेलमा हिरोइन परिणिति चोपडाले ‘लेडिज भिएस बाह्ल’बाट अवार्ड जितिन् ।

पुरुष डेब्युमा भने ‘फोर्स’बाट विध्युत जोम्वालले जिते । त्यस्तै कमिक रोलमा डबल धमालबाट रितेश देस्मुखले अवार्ड जिते । सर्वोकृष्ट गायिकामा बडिगार्डबाट श्रेया घोषालले अवार्ड जितिन् । निगेटिभ रोलमा भने ‘सिंघम’का लागि प्रकाश राजले जिते। त्यस्तै भारतीय सिनेमामा योगदान पुर्‍याएका रमेश सिपी र रेखालाईसमेत अवार्ड वितरण गरियो । दिया मिर्जालाई भने आइफा ग्रीन अवार्ड २०१२ को अवार्ड वितरण गरियो ।

भिडियो हेर्नुहोस :

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।