जेठ २८ – चितवन राष्ट्रिय निकुञ्जमा निउरो खोज्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ ।
नवलपरासी दिब्यपुरी– ७ पुर्नबासका ४० वर्षीय हिरालाल माझीको सिक्रौली मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा ज्यान गएको हो ।
हिजो निउरो खोज्न गएका माझीलाई गिद्देनी पोष्टबाट बाघले आक्रमण गरी लगेको जनाइएको छ ।
माझीलाई बाघले लगेपछि दुईवटा हात्तीबाट उनको खोजी गरिएको थियो । बाघले रगत चुसेर छाडेको अवस्थामा सिक्रौली मध्यवर्ती क्षेत्रमा माझीको शव भेटिएको हो ।
Comments