काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।