Friday, August 28, 2026
22.1 C
Kathmandu
Home मुख्य समाचार एमालेका कारण राष्ट्रियता खतरामाः विमलेन्द्र निधि

एमालेका कारण राष्ट्रियता खतरामाः विमलेन्द्र निधि

पाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको भन्दै मंसिर ४ को चुनावमा पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।

नेपाली कांग्रेस सप्तरीद्धारा पचगाछीद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आह्वान गरेका हुन्। एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ ।

नागरिकता बिहीन ७ लाख नेपालीलाई नागरिकता दिलाउन कांग्रेसले अघि बढाएको नागरिकता सम्बन्धी कानुन एमालेकै कारण अघि बढ्न नसकेको नेता निधिको भनाई थियो। संसदले पारित गराएर पठाएको नागरिकता बिधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनाबपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता बिधेयक स्वीकृत गराउने बिश्वास दिलाए।

सर्लाही क्षेत्र नं ३ प्रदेश सभा ख का उम्मेदवार हरेश महतोले सत्तागठबन्धनले जितेमात्र मधेशी जनताको अधिकार संरक्षण हुने बताए।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।