Thursday, August 20, 2026
28.1 C
Kathmandu
Home राजनीति कांग्रेस सांसद पक्राउ पर्दा पनि एमालेलाई टाउको दुखाई, संसदमा पक्राउको विरोध

कांग्रेस सांसद पक्राउ पर्दा पनि एमालेलाई टाउको दुखाई, संसदमा पक्राउको विरोध

काठमाडौं २६ साउन । लगातार रुपमा संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई नेपाली कांग्रेसका सांसद पक्राउ पर्दा पनि टाउको दुखाई भएको छ । कांग्रेस सांसद सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोमा एमालेले विरोध जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा शुक्रबार बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउ प्रति आपत्ति जनाएकी छन् । ‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले बिहीबार पक्राउ गरेको थियो। सांसद शर्मासहित ब्युरोले शुक्रबार बिहानसम्म ८ जना डाक्टरलाई पक्राउ गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।