नेपाल धितोपत्र बोर्डबाट शिवश्री हाइड्रोपावर र सिटी होटलले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका छन् ।

यी दुबै कम्पनीले बोर्डबाट साउन ४ गते आइतबार बोर्डबाट अनुमति पाएका हुन् । नेपाल धितोपत्र बोर्डबाट शिवश्री हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृती पाएको हो । शिवश्री हाईड्रोवारको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।