काठमाडौं । २०५८ सालमा स्थापना भएको एनसेलको अहिलेसम्म १४ पटक सेयर तथा स्वामित्व खरिद भएकोमा सबै जसो शंस्कास्पद देखिएको छ ।
सरकारले बनाएको छानबिन प्रतिवेदन अनुसार धेरै जसो कारोबार नेपालबाहिर नै भएको र त्यसको विवरण नेपालका आधिकारिक निकायमा पेस नै नगरेको पाइएको छ ।
नेपाली सेयरधनीको कारोबारको भुक्तानी पनि नेपालको बैङ्किङ प्रणालीबाट नभई देशबाहिर भएको देखिएको सरकारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक भएको हो ।
सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।




