Wednesday, August 12, 2026
22.9 C
Kathmandu
Home ncell नेपाल दूरसञ्चार प्राधिकरणद्धारा एनसेलको १३ अर्ब मुद्दतीको सट्टा कल खातामा राख्दा राज्यलाई...

नेपाल दूरसञ्चार प्राधिकरणद्धारा एनसेलको १३ अर्ब मुद्दतीको सट्टा कल खातामा राख्दा राज्यलाई १ अर्ब घाटा

काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीमा नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको सरकारद्धारा गठित छानबिन प्रतिवेदनले औँल्याएको छ। प्राधिकरणकै कारण १ अर्ब भन्दा बढी नोक्सानी भएकाे समेत पाइएकाे छ ।
प्राधिकरणले सर्वसाधारणको हकहित संरक्षण र गुणस्तर कायम गराउन नसकेको मात्र नभई चरम वित्तीय अनुशासनहीनता देखाएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

आ.व. २०७९/८० मा प्राधिकरणले आफ्नो खातामा रहेको रु. १३ अर्ब ५६ करोड रकम मुद्दति खाता (जसमा ९.२५) ब्याज पाइन्थ्यो) मा राख्नुको सट्टा अस्वाभाविक रूपमा १.२ प्रतिशत मात्र ब्याज आउने कल खातामा राख्दा राज्य÷संस्थालाई रु. १ अर्ब भन्दा बढी नोक्सानी पुर्‍याएको खुलासा गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।