काठमाडौं । एनसेलले ६६ अर्ब भन्दा बढी रकम विदेश पठाएको पाइएको छ । एनसेलले हालसम्म राज्यलाई रु. २ खर्ब कर र रु.१ खर्ब गैरकर गरी कुल ३ खर्ब १ अर्ब भन्दा बढी राजस्व बुझाएको छ।
कम्पनीले स्थापनायता रु. १ खर्ब १३ अर्ब नाफा कमाएको छ । त्यस्तै ९३ अर्ब भन्दा बढी लाभांश घोषणा गरी ६६ अर्ब भन्दा बढी रकम विदेश पठाएको हो ।
कम्पनीको पछिल्ला दिनमा भने आर्थिक अवस्था ओरालो लाग्दो पाइन्छ । आर्थिक वर्ष २०७२÷७३ मा रु. ५७ अर्बभन्दा बढी रहेको कम्पनीको बिक्री आम्दानी आ.व. २०७९÷८० मा घटेर रु. ३६ अर्ब ८८ करोडमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। सोही अवधिमा ऋण दायित्व भने शून्यबाट बढेर रु. २२ अर्ब नजिक पुगेको छ।




