Thursday, August 13, 2026
24.6 C
Kathmandu
Home अटाे भेइकल BYD सँग टक्कर गरिरहेको इभी B03X, जान्नैपर्ने यस्ता छन् यसका खराब पक्षहरु

BYD सँग टक्कर गरिरहेको इभी B03X, जान्नैपर्ने यस्ता छन् यसका खराब पक्षहरु

काठमाडौं । अहिले बजारमा इभी गाडीको चर्चा र प्रतिस्पर्धाको तुलना गरिसाध्य छैन । यो चक्करमा चीनका दुई कम्पनीको दौड निक्कै कडा छ ।

सस्तो मूल्यमा राम्रो इभि उत्पादन गरेर बजारमा कब्जा जमाइरहेको बिवाईडीलाई अर्को कम्पनी लिपमोटरले टक्कर दिइरहेको छ । यस्ता कम्पनीकाे प्रतिस्पर्धाले बजारमा नयाँ र सस्ताे मूल्यमा इभीहरूकाे जन्म पनि भइरहेकाे छ ।

लिपमोटरले हालै मात्र बिओथ्रिएक्स कार बजारमा ल्याएको छ । यो कार अहिले नाइमा अटो एक्पोमा पनि राखिएको छ । नेपालमा यसको मूल्य ४६ लाखसम्म भनिएकोमा एक्सोमा ३० लाखसम्म दिने अफर ल्याइएको छ । नेपालमा यसलाई गोल्छा ग्रुपको सांग्रिला मोटर्सले बजारमा ल्याएको हो ।

B03X निकै नयाँ मोडल भएकाले यसको दीर्घकालीन विश्वसनियता र हिस्ट्री अझै पर्याप्त बनि सकेकाे छैन। तर, यसका धेरै कमजाेरीहरू बजारमा देखिसकेकाे छ । अहिले देखिएका कमजोरीमध्ये केही वास्तविक owner complaints हुन् भने केही professional test-drive बाट पनि समावेश भएका छन् ।

यसको खराब पक्ष

यसकाे खराब पक्ष अन्तर्गत सफ्टवेयर सम्बन्धी समस्या प्रधान छ । सफ्टवेयर ह्याङ हुने, स्क्रिन एक्कासी फ्रिज हुने, रिबुट हुनुपर्ने वा रेस्पोन्स ढिलो हुने समस्या प्रयोगकर्ताहरूले व्यापक रूपमा रिपोर्ट गरेका छन्।

धेरैजसो मोडलहरूमा बिल्ट-इन Apple CarPlay वा Android Auto नहुनु ठूलो नकारात्मक पक्ष मानिएको छ। आफ्नै इन-हाउस सिस्टममा भर पर्नुपर्दा प्रयोगकर्ताले अप्ठ्यारो भाेगिरहेका छन् ।

Driver Monitoring System र Speed Warning System अत्यधिक संवेदनशील भएकाले अलिकति ध्यान मोडिँदा वा गति अलिकति बढ्दा निरन्तर आवाज आउने/झन्झट दिने गुनासो पनि छ। उच्च गतिमा वा घुम्तीहरूमा गाडी अलि धेरै हल्लिने र उछिट्टिने यसकाे अर्काे समस्या रहेकाे छ । हाइवेमा गाडी तीव्र गतिमा चलाउँदा हावा र टायरको आवाज केबिनभित्र अलि धेरै नै सुनिने यसकाे समस्या पनि छ । शहरमा सामान्य चलाउन समस्या नहुने भएपनि लामाे यात्रा वा हाइवेमा चलाउँदा यसकाे समस्या भेटिएकाे छ ।

नयाँ ब्रान्ड भएकाले धेरै देशहरूमा स्पेयर पार्ट्स पाउन समय लाग्ने र सर्भिस सेन्टरहरूको सञ्जाल अझै परिपक्व भइसकेको छैन ।

एलएफपी ब्याट्री प्रयोग भएकाले चिसो वा जाडो मौसममा गाडीको रेन्ज ३०% देखि ४०% सम्म घट्ने गरेको युजर रिभ्यूमा उल्लेख छ। अष्ट्रेलियको कारसेल्सले परीक्षण गर्दा 0–100 km/h 12 सेकेन्डभन्दा बढी समय लिएको उल्लेख गरेको छ । जबकी Manufacturer figure करिब 10 सेकेन्ड नजिक छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।