काठमाडाैं । मोरङको विराटनगरमा महेश बस्नेतमाथि आक्रमणकाे प्रयास भएकाे छ । उनी सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका हुन् ।
प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा एक युवक सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।
महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।
लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । बस्नेतमाथि कुनै चाेट पटक लागेकाे छैन ।
Comments



![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)



