काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् ।

नेतृ भुसालले अवसर नपाएकालाई स्थान दिनुपर्नेमा जाेड समेत दिएकी छिन् ।

‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु’, भुसालले आइतबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’

भुसालले यस पटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने भन्दै अपवाद बाहेक यस पटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु नै उपयुक्त हुने आफ्नो मत रहेको पनि बताएकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।