स्मार्ट टेलिकम घाेटालामा इन्भेस्टमेन्ट बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ । सरकारकाे स्वामित्वमा गइसकेकाे स्मार्ट टेलिकमकाे सम्पत्ति बिक्री गरेकाे आराेपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।

स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार पक्राउ गरेको हो ।

गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार कुनै ऋणी कम्पनी बन्द भएको, टाट पल्टिएको, वा लामो समयदेखि सञ्चालनमा नरहेको अवस्थामा त्यसको नाममा रहेको कर्जालाई ‘खराब कर्जा’ मानी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

तर बैंकले नविकरण खारेज भएर सरकारकाे स्वामित्वमा गईसकेकाे स्मार्टकाे सम्पत्ति बिक्री गरेकाे थियाे ।

यही प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए ।
याे पनि पढ्नुहाेस्

किन पक्राउ परे स्मार्ट टेलिकमका सर्वेश जोशी, यो काण्डमा को को तानिन सक्छन् ?

५ अर्बको खेलः एनआईएमबीको सरकारमाथि हदैको झेल, पर्दा पछाडी एनसेलकी भावना सिंह

एनआईएमबीको बदमासीः सरकारको नामको ५ अर्बको सम्पत्ति कानुन विपरित बिक्री, एनसेलको मिलेमतो

एनसेलः सञ्चालकबाट राज्यलाई अर्बौं तिर्न बाँकी, पत्रिकामा प्रधानमन्त्रीको फोटो छापेर बधाई

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।