काठमाडौं । तिब्बततर्फबाट भोटेकोशीमा भिषण बाढी आएको छ । बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ । बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।
बाढी नुवाकोट आइसकेको छ । बाढीले पुर्याएको क्षतिबारे यकिन भएको छैन ।
नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन सरकारले आग्रह गरेको छ । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।
यसैबीच, भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।




