विश्वकप फुटबल २०१४ को उपाधी २४ वर्षपछि जर्मनीले उचालेको छ । सोमबार बिहान अर्जेन्टिनासँग भएको फाइनल खेलमा १, ० ले जित हासिल गर्दै चौथो पटक जर्मनीले विश्वकप उपाधी चुमेको हो ।
उपाधी दाबीका लागि ११३ औं मिनेटमा आन्द्रे सुर्लेको क्रसलाई छातिले नियन्त्रणमा लिएर मारियो गोटेजले निर्णाायक गोल गरेका थिए ।
यसअछि १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व च्याम्पियन बनेको थियो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली मुलुक समेत बनेको छ ।
Comments








