काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् । उनलाई यसअघि नै मन्त्रीपरिषदले राजदूतका लागि सिफारिस गरेको थियो ।
Comments








